केही नयाँ उखान —
काम-कुरो गाउँतिर, जहान बोकी विदेशतिर — माधवका चाल मानवले जान्दैन — मन्त्री भाको निहुँ बनाउँछन् जिउ — नेताका हातमा देश — मन्त्री हुँदा सबै मेरा हटेपछि सबै टेढा — लडाइँ जित्ने जनता पगरी गुथ्ने नेता — मन्त्रीलाई चैन जनतालाई ऐन — माछो देखे भाला रोप्नु मन्त्री देखे गाला छोप्नु — सरकार चाहिए भारत जानु, टिकाउनुपरे भोज खुवाउनु — धान खाने रावल, चोट पाउने अन्सारी — नपाउनेले सरकार पायो पूरै राष्ट्र खायो — नाममा प्रचण्ड काममा उद्दण्ड — कोपनहेगनको यात्रा नेपालीको जात्रा — हिरोनीसँग नाच्न हिरो नै हुनुपर्दैन — बोकेको सरकारले माखो मार्दैन — हुने नेताको मोटो जिउ — आगो ताप्नु नेपालको कुरा सुन्नु भारतको — जनताको बोली जंगलको रुवाइ — जागिरको खोजी रावलको धम्की, करिमाको चड्कन क्षणभरमै चम्की — बालकोटको भोज प्रचण्डको डकार, विद्रोहको धम्की वैद्यको हंुकार — सरकारको दौड तीन भाइको रोटी, रामवरणको चेस भारतको गोटी — जन्तीलाई टिको मन्त्रीलाई भोज, सरकारी काम नेतालाई खोज — दुख्दै छ यहाँ सीमाको घाउ, पासपोर्ट बेची मन्त्री खाऊ — नेपालको भूमि भारतको खर्क, लाजमर्दा हुन्छन् नेताका तर्क — स्वाधीनता भन्छन् भारतको भेष, नम्बरी हुन्छ नेताको केश
शाभार - नया पत्रिका
