राजा महेन्द्रलाई ईतिहासमा अनेकन कोणहरु बाट मुल्यांकन गरिएको पाइन्छ। कसैले भगवान, कसैले दुरदर्शी नेता, कसैले खराब राजनीतिज्ञ मानेका छन्।
मेरो दृष्टिकोणमा महेन्द्र एक असल र समयले मागेका नेता हुन । नेपाली एकता र पहिचान निर्माण गर्न उनको ठुलो भूमिका रहेको छ, भलै एस्मा आ-आफ्ना राजनीतिक स्वार्थबाट प्रेरित बिचारहरु होलान।उनका प्रमुख योगदानहरु बुँदागत रुपमा निम्न रहेको पाउँछु।
२०१७ सालभन्दा अगाडि पनि भारत रिसाउछ भन्ने डरले कांग्रेसी नेताहरु राष्ट्रिय एकताका कुरा पनि उठाउन चहादैन थिए। सन् १९५० को सन्धि र दिल्ली संझौता हावी थियो। कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्तासम्पन्न राष्ट्रको संरक्षण अर्काका देशका फौजबाट हुदैन, आफ्नै देशका फौज चाहिन्छ। एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ ,आफ्नै भाषा हुन्छ। आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरुको कुनै अधिकार हुदैन। भारतमा त्यहाका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र कास्मिरमा जग्गा किनबेच गर्न पाउदैनन् भने नेपाल जस्तो सावैभौंम राष्ट्र्मा भारतीयहरुको यस्तो हेपाहा प्रवृत्ति किन र कहिलेसम्म? यो कुरालाई माओवादीभित्रका देशभक्तहरुले बुझेर सम्राज्यवाद र बिस्तारवादीसाग भिडेर आएको राजसंस्थालाई सम्मान दिलाउलान् भन्ने विश्वास थियो तर माओवादीले असली राष्ट्रवाद बुझ्न नसकेको हुदा अहिले माओवादी पनि बिस्तारवादी र सम्राज्यवादीको गोटी बन्ने पुगेको छ। राजा महेन्द्रले भारतीय हस्तक्षेपको बिरद्धमा २०१७ सालको परिवर्तनपछि सारा नेपालीको सार्वभौम इज्जत बचाइ दिएको कुरा जसले बिर्सन्छ त्यो देशभक्त हुन सक्तैन। २०१७ सालको परिवर्तन कांग्रेसी सत्ता बिरुद्धको नभएर भारतीय हस्तक्षपको बिरुद्ध थियो। हो, कांग्रेसी सत्ता घानमा परेको हो। तर त्यसबेला कांग्रेसी सत्ता समाप्त पार्नुको विकल्प थिएन। किनकि भारतले कांग्रेसीहरु मार्फत नैं नेपाललाई कब्जा गर्न तम्तयार थिए।
२०१७ सालपछि राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरुको दवाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघ जस्ता ठाउमा नेपालको अगुवाई गराउन सके। आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमंत्री जवाहरलाल नेहरु यी दुबैसाग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गरेर कुटनीतिकरुपमा नेपाल खाने नेहरु डक्ट्रिन समाप्त पारिदिए। आर्थिकरुपमा नेपाललाई समृद्ध बनाउन नेपालमा भूमिसुधार, राज्यरजौटा, विर्ता उल्मूलन्, भारत, चीन एवं मित्र देशहरु लगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरु स्थापित गराए। शिक्षा,स्वस्थ्य, यातायात, बाटोघाटोको निर्माण, सिंचाई, विद्युत र नेपाली जनतालाई नभइन हुने आधारभूत आवश्यकता परिपूर्ति गराउदै राजा महेन्द्रले साहित्य कला क्षेत्रमा दु्रततर स्थान दिएर मुलुकी ऐन, राजकीय प्रज्ञा प्रतिष्ठान गठन गरी रक्तपात बीना सबैलाई चित्त बुझाएर राजनीतिक, आर्थिक, सामाजिक क्रान्तिबाट समृद्ध नेपालको लागि ज्यूज्यान अर्पित गर्न सके। राजा महेन्द्र जस्तो अर्को कुन त्यस्तो व्यक्तित्व २०४७ देखि अहिलेसम्म नेपालमा जन्मिएको छ? राजा महेन्द्रलाई निरंकुश भन्ने कांग्रेस, एमाले, माओवादीका नेताबाट जवाफ चाहियो।

- राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुखसमृद्धिको लागि आफूलाई समर्पित गरेर नेपाल बचाएका हुन् । २०१७ साल अगाडि विदेशीहरु (विशेषगरी भारतीयहरु) नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए। २०१८ सालमा राजा महेन्द्रबाट कुनै पनि बिदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइयो।
- नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट लुटिदै, कुटिदै हिड्नुपर्ने वाध्यता थियो। राजा महेन्द्रबाट २०१८ सालमा पूर्व–पश्चिम राजमार्गको गैलाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट नेपाललाई मुक्त गराउने काम भयो।
- हिन्दी भाषाले नेपाल खान लागेको थियो। राजा महेन्द्रबाटठ नेपाली भाषालाई अधिराज्यभर राष्ट्रभाषाको रुपमा निरन्तरता दिलाइयो।
- २०१७ साल अगाडि ९० प्रतिशत भारतीय मुद्रा मात्रको चलनचल्तीमा थियो र त्यसलाई हटाई नेपाली मुद्रालाई अनिवार्य प्रचलनमा निरन्तरता गराएर स्वाभिमान कायम गरियो।
- नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बीनासर्त राजा महेन्द्रबाट धपाउने काम भयो।
- हिन्दू अधिराज्यलाई संविधानमा उल्लेख गरेर भारत र विश्वभरका हिन्दुहरुमा सकारात्मक संदेश दिइयो, २०२० साल भाद्र १ गते नया मुलुकी ऐन घोषणा गरी छुवाछुद, जातिभेद र लिङ्ग–भेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बीना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित राखेर असंख्यौं जग्गाविहीनहरुको उद्धार गरे।
२०१७ सालभन्दा अगाडि पनि भारत रिसाउछ भन्ने डरले कांग्रेसी नेताहरु राष्ट्रिय एकताका कुरा पनि उठाउन चहादैन थिए। सन् १९५० को सन्धि र दिल्ली संझौता हावी थियो। कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्तासम्पन्न राष्ट्रको संरक्षण अर्काका देशका फौजबाट हुदैन, आफ्नै देशका फौज चाहिन्छ। एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ ,आफ्नै भाषा हुन्छ। आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरुको कुनै अधिकार हुदैन। भारतमा त्यहाका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र कास्मिरमा जग्गा किनबेच गर्न पाउदैनन् भने नेपाल जस्तो सावैभौंम राष्ट्र्मा भारतीयहरुको यस्तो हेपाहा प्रवृत्ति किन र कहिलेसम्म? यो कुरालाई माओवादीभित्रका देशभक्तहरुले बुझेर सम्राज्यवाद र बिस्तारवादीसाग भिडेर आएको राजसंस्थालाई सम्मान दिलाउलान् भन्ने विश्वास थियो तर माओवादीले असली राष्ट्रवाद बुझ्न नसकेको हुदा अहिले माओवादी पनि बिस्तारवादी र सम्राज्यवादीको गोटी बन्ने पुगेको छ। राजा महेन्द्रले भारतीय हस्तक्षेपको बिरद्धमा २०१७ सालको परिवर्तनपछि सारा नेपालीको सार्वभौम इज्जत बचाइ दिएको कुरा जसले बिर्सन्छ त्यो देशभक्त हुन सक्तैन। २०१७ सालको परिवर्तन कांग्रेसी सत्ता बिरुद्धको नभएर भारतीय हस्तक्षपको बिरुद्ध थियो। हो, कांग्रेसी सत्ता घानमा परेको हो। तर त्यसबेला कांग्रेसी सत्ता समाप्त पार्नुको विकल्प थिएन। किनकि भारतले कांग्रेसीहरु मार्फत नैं नेपाललाई कब्जा गर्न तम्तयार थिए।
२०१७ सालपछि राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरुको दवाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघ जस्ता ठाउमा नेपालको अगुवाई गराउन सके। आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमंत्री जवाहरलाल नेहरु यी दुबैसाग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गरेर कुटनीतिकरुपमा नेपाल खाने नेहरु डक्ट्रिन समाप्त पारिदिए। आर्थिकरुपमा नेपाललाई समृद्ध बनाउन नेपालमा भूमिसुधार, राज्यरजौटा, विर्ता उल्मूलन्, भारत, चीन एवं मित्र देशहरु लगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरु स्थापित गराए। शिक्षा,स्वस्थ्य, यातायात, बाटोघाटोको निर्माण, सिंचाई, विद्युत र नेपाली जनतालाई नभइन हुने आधारभूत आवश्यकता परिपूर्ति गराउदै राजा महेन्द्रले साहित्य कला क्षेत्रमा दु्रततर स्थान दिएर मुलुकी ऐन, राजकीय प्रज्ञा प्रतिष्ठान गठन गरी रक्तपात बीना सबैलाई चित्त बुझाएर राजनीतिक, आर्थिक, सामाजिक क्रान्तिबाट समृद्ध नेपालको लागि ज्यूज्यान अर्पित गर्न सके। राजा महेन्द्र जस्तो अर्को कुन त्यस्तो व्यक्तित्व २०४७ देखि अहिलेसम्म नेपालमा जन्मिएको छ? राजा महेन्द्रलाई निरंकुश भन्ने कांग्रेस, एमाले, माओवादीका नेताबाट जवाफ चाहियो।
No comments:
Post a Comment